समाचार
अपडेट : अपहरणमा परेकी महिलाको चाल्नाखेलबाट उद्धार, १ जना पक्राउ
बुधबार, ०७ कात्तिक २०८१, १८ : १७

काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा बन्धक बनाएर राखिएकी महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको छ । पीडितलाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
बन्धक बनाउने काममा संलग्न एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् । अपहरणमा संलग्न एकजना फरार छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लब विश्वकपमा एट्लेटिकोमाथि पीएसजीको गोलवर्षा
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल
-
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश
-
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण
-
स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची