स्पष्टीकरण पत्रको अध्ययन गर्दै एमालेका तीन नेता
काठमाडौँ । व्यवसायी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय भवन निर्माणार्थ जग्गा दान स्वीकारेको विरोधमा अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले स्पष्टीकरण सोधेका तीन नेताले स्पष्टीकरणको बेहोराबारे आन्तरिक परामर्श र अध्ययन गरिरहेको बताएका छन् ।
एमालेले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय उषाकिरण तिम्सेनालाई कात्तिक ६ गते सात दिने अल्टिमेटसहित स्पष्टीकरण सोधेको थियो ।
‘पार्टीको स्पष्टीकरण पत्र सम्बन्धित कुराको अध्ययनसहित आन्तरिक छलफल भइरहेको छ’, एक नेताले भने, ‘के जवाफ दिने भन्ने तयारी गरेको भनेर बुझ्दा हुन्छ ।’
एमालेले व्यवसायी गुरुङबाट गत असोज २५ गते काठमाडौँको कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा लिएको भन्दै उक्त स्थानमा भवन शिलान्यास गरेको थियो । पार्टीमा छलफल नै नगरी व्यवसायीबाट जग्गा र भवन दान लिने निर्णय ठिक नभएको भन्दै रावल, पाण्डे र तिम्सेनाले निर्णय सच्चाउनुपर्ने मत राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण