१८ अंकले घट्यो सेयर बजार, सातामा ११८ अंकको गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १८.२५ अंकले घटेको छ । २६४६ बिन्दुबाट सुरु भएको नेप्से कारोबार उतारचढाव हुँदै २६२७ बिन्दुमा पुगेर रोकिएको छ ।
बिहीबार १०७ कम्पनीको सेयर मूल्य घटेको छ । ६७ कम्पनीको बढ्दा ७ कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार १ करोड २२ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
बिहीबार जलविद्युत् बाहेक सबै उपसमूहको सूचक घटेको छ । जलविद्युत् उपसमूहको सूचक ०.३६ प्रतिशतले बढेको छ ।
समग्रमा यो साताभर मात्रै सेयर बजारमा ११८ अंकको गिरावट आएको छ । गएको साता २७४५ बिन्दुमा परिसूचक पुगेर कारोबार बन्द भएको थियो । यो साताको आइतबार ४७ अंकले घट्दै परिसूचक २६९७ बिन्दुमा पुग्यो । सोमबार ५८ अंकले घटेको बजार मंगलबार भने २६ अंकले बढेको थियो । हिजो बुधबार पनि बजार २० अंकले घट्यो ।
यो साता कारोबार रकम पनि घट्दो क्रममा रह्यो । आइतबार ७ अर्ब ८६ करोडको सेयर खरिदबिक्री भएको थियो । सोमबार ५ अर्ब ७२ करोड र मंगलबार ४ अर्ब ७ करोडको कारोबार भयो । बुधबार ६ अर्ब १५ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्नुअघि राजनीतिक नेतृत्व सुध्रिनुपर्छः पूर्वमन्त्री किराती
-
‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ’
-
अस्ट्रेलियन महिलाले बनाइन् २४ घण्टामा सबैभन्दा धेरै पुल-अप्सको विश्व कीर्तिमान
-
कोशीमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु
-
मस्कसँगको वाकयुद्धपछि आफूले किनेको टेस्ला बेच्दै ट्रम्प
-
बेकह्मालाई ‘नाइटहुड’ दिने तयारी