१८ अंकले घट्यो सेयर बजार, सातामा ११८ अंकको गिरावट
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १८.२५ अंकले घटेको छ । २६४६ बिन्दुबाट सुरु भएको नेप्से कारोबार उतारचढाव हुँदै २६२७ बिन्दुमा पुगेर रोकिएको छ ।
बिहीबार १०७ कम्पनीको सेयर मूल्य घटेको छ । ६७ कम्पनीको बढ्दा ७ कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार १ करोड २२ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
बिहीबार जलविद्युत् बाहेक सबै उपसमूहको सूचक घटेको छ । जलविद्युत् उपसमूहको सूचक ०.३६ प्रतिशतले बढेको छ ।
समग्रमा यो साताभर मात्रै सेयर बजारमा ११८ अंकको गिरावट आएको छ । गएको साता २७४५ बिन्दुमा परिसूचक पुगेर कारोबार बन्द भएको थियो । यो साताको आइतबार ४७ अंकले घट्दै परिसूचक २६९७ बिन्दुमा पुग्यो । सोमबार ५८ अंकले घटेको बजार मंगलबार भने २६ अंकले बढेको थियो । हिजो बुधबार पनि बजार २० अंकले घट्यो ।
यो साता कारोबार रकम पनि घट्दो क्रममा रह्यो । आइतबार ७ अर्ब ८६ करोडको सेयर खरिदबिक्री भएको थियो । सोमबार ५ अर्ब ७२ करोड र मंगलबार ४ अर्ब ७ करोडको कारोबार भयो । बुधबार ६ अर्ब १५ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण