रोज वाटरमा अशुद्धता भेटिएपछि आयात अस्वीकृत
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुबईबाट ल्याउन खोजिएको १ सय ९२ किलो रोज वाटर आयात गर्न अस्वीकृति गरेको छ ।
कि फुड्स इन्टरनेशनल प्रा. लि. काठमाडौँले व्यावसायिक प्रयोजनका लागि दुबईबाट सो रोज वाटर नेपाल ल्याउन लागेको थियो । विभागले गरेको परीक्षणमा आँखाले देख्न सकिने बाह्य पदार्थको उपस्थिति भेटिएपछि रोज वाटरलाई आयात गर्न अस्वीकृति दिइएको जनाएको छ ।
विभागका अनुसार, सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्सा नाका हुँदै आएको रोज वाटरलाई विरगन्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गरेको थियो । परीक्षणको नतिजा अनुसार रोज वाटरमा अशुद्धता भेटिएकाले विभागले सो रोज वाटरको प्रवेश अनुमति अस्वीकृत गर्दै भन्सार कार्यालयलाई प्रतिवेदन पठाएको छ ।
नेपाल सरकारले २०८१ साल श्रावण १९ गतेदेखि लागू गरेको खाद्य स्वच्छता तथा गुणस्तर ऐन अनुसार, खाद्य पदार्थ पैठारी गर्नुअघि अनिवार्य रूपमा विभागबाट स्वीकृति लिनु पर्ने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण