रोज वाटरमा अशुद्धता भेटिएपछि आयात अस्वीकृत

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुबईबाट ल्याउन खोजिएको १ सय ९२ किलो रोज वाटर आयात गर्न अस्वीकृति गरेको छ ।
कि फुड्स इन्टरनेशनल प्रा. लि. काठमाडौँले व्यावसायिक प्रयोजनका लागि दुबईबाट सो रोज वाटर नेपाल ल्याउन लागेको थियो । विभागले गरेको परीक्षणमा आँखाले देख्न सकिने बाह्य पदार्थको उपस्थिति भेटिएपछि रोज वाटरलाई आयात गर्न अस्वीकृति दिइएको जनाएको छ ।
विभागका अनुसार, सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्सा नाका हुँदै आएको रोज वाटरलाई विरगन्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गरेको थियो । परीक्षणको नतिजा अनुसार रोज वाटरमा अशुद्धता भेटिएकाले विभागले सो रोज वाटरको प्रवेश अनुमति अस्वीकृत गर्दै भन्सार कार्यालयलाई प्रतिवेदन पठाएको छ ।
नेपाल सरकारले २०८१ साल श्रावण १९ गतेदेखि लागू गरेको खाद्य स्वच्छता तथा गुणस्तर ऐन अनुसार, खाद्य पदार्थ पैठारी गर्नुअघि अनिवार्य रूपमा विभागबाट स्वीकृति लिनु पर्ने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
-
विमानस्थलमा फेरि हुन थाल्यो सेटिङ, ‘कोड वर्ड’ प्रयोग गरेर असुल्छन् रकम
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे
-
देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो
-
बलात्कारको आरोपमा भारतीय क्रिकेटर पक्राउ
-
‘सीप मेला सीपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल हो, सहकार्य गर्न तयार छौँ’