१४ किलो चाँदीसहित २ जना पक्राउ
शुक्रबार, ०९ कात्तिक २०८१, ११ : ४८
बारा । प्रहरीले १४ किलो चाँदीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ स्थित प्रस्टोका ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित गमरगावाटोलका २७ वर्षीय सुरेश महतो रहेका छन् ।
बिहीबार बिहान इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्जमा चेकजाँच गर्दा उनीहरूको साथबाट कुल १४ किलो चाँदी बराबर भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
चाँदीको अनुमानित मूल्य २५ लाख ४ हजार ९ सय ५० रूपैयाँ बराबर रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण