‘दि कर्मा’मा नीताको सरप्राइज इन्ट्री !
काठमाडौं – अभिनेत्री नीता ढुङ्गाना ‘दि कर्मा’ चलचित्रमा भित्रिएकी छन् । उनीसँगै चलचित्रमा परमिता राज्यलक्ष्मी राणा तथा बुद्दी तामाङ समेत भित्रिएको निर्माण युनिटले जनाएको छ ।
पुरै छायाँकन सकेर पोष्ट प्रोडक्सनमा रहेको यो चलचित्रमा नयाँ कलाकार भित्रिएको निर्माण युनिटले जनाएको छ । यी कलाकार किन र केका लागि भित्रिए वा पहिले नै थिए भन्ने विषयमा एक कार्यक्रमसहित बताउने निर्माता जय राज रायले बताए । उनले भने ‘कलाकार कस्तो चरित्र भित्रिए भन्ने कुरा सबै गीत र ट्रेलरले देखाउने छ ।’
भारतका मोडल तथा कलाकार करण वर्माको समेत मुख्य भुमिका रहेको चलचित्र नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनाको बिषयमा बनेको हो ।
देव कुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रको निर्माण जय मिडिया म्यानेजमेन्ट प्रा.लिको ब्यानरमा गरिएको हो । तराई क्षेत्र र भारतको सिक्कीममा छायाँकन गरिएको चलचित्रमा जय राज रायको कथा र रामेश्वर कार्कीको छायांकन रहेको छ ।
जय राज राय र निशा खतिवडा निर्माता रहेको चलचित्र नेपाली र हिन्दी दुई भाषामा बन्न लागेको हो । भदौमा चलचित्र रिलिज गर्ने निर्माण युनिटको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण