इरानमाथि इजरायली हवाई आक्रमणबारे अमेरिकी रक्षा मन्त्रालयले के भन्यो ?
वासिङ्टन डीसी । इरानमाथि इजरायलको हवाई हमलामा अमेरिका संलग्न नभएको अमेरिकी रक्षा मन्त्रालयले बताएको छ । इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेको छ । इजरायलले आफूहरूलाई आक्रमणबारे पहिले नै जानकारी दिएको पेन्टागनले भनेको छ ।
यसबाहेक अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई पनि इरानमाथि इजरायली आक्रमणबारे जानकारी गराइएको बताइएको छ । राष्ट्रपतिलाई इजरायली हवाई हमलाको बारेमा जानकारी दिइएको थियो र घटनालाई नजिकबाट नियालिएको एक अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएसलाई भने ।
समाचार एजेन्सी रोयटर्सका अनुसार उपराष्ट्रपति कमला ह्यारिसलाई पनि इजरायली आक्रमणबारे जानकारी गराइएको थियो । उनले पनि यस विषयमा नजिकबाट नजर राखिरहेकी बताइएको छ ।
आफूहरूले इरानको सैन्य लक्ष्यमा सटीक आक्रमण गरिरहेको इजरायली रक्षा बल (आईडीएफ)ले भनेको छ । यसैबीच, इरानको सरकारी मिडियाले राजधानी तेहरानमा ठुलो विस्फोटको आवाज सुनिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण