थाहा नगरपालिकामा प्लास्टिकको फूलमाला विक्री तथा प्रयोगमा रोक

काठमाडौँ । मकवानपुरको थाहा नगरपालिकाले प्लास्टिकको फूलमाला विक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहारमा प्लास्टिकका फूलमाला विक्री वितरण तथा प्रयोगमा रोक लगाएको हो ।
गत कात्तिक ६ गतेको नगर प्रमुख सहितको बैठकको निर्णय अनुसार नगरपालिका क्षेत्र भित्र प्लास्टिकमा फूलमाला बिक्री वितरणमा रोक लगाइएको हो । प्लास्टिकका फूलको प्रयोगले वातावरणमा क्षति पुर्याउनको साथै वातावरणीय सौन्दर्य समेतमा नकारात्मक असर पर्ने र माटोमा नकुहिने, नगल्ने हुनाले कृषि क्षेत्रमा समेत प्रभाव पर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले स्वदेशी तथा स्थानीय प्राकृतिक फूलमालाको प्रयोग गर्न आम नागरिकहरूमा अनुरोध समेत गरेको छ । नगरपालिकाले जारी गरेको सूचना विपरीत कार्य गरेको पाइएमा नियमनको दायरामा ल्याउने बताइएको छ ।
थाहा नगरपालिकाका मेयर विष्णु विष्टका अनुसार स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवम् प्रवर्द्धन नगरपालिका तथा आम नागरिकहरूको दायित्व रहेकाले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको हो । पर्यटकीय नगरको रुपमा परिचित थाहा नगरपालिकाले प्लास्टिक तथा प्लास्टिकका फूलमाला विक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरिएको उनले बताए ।
‘सफा शहर बनाउन हरेक व्यक्तिको कर्तव्य हो । आयातित प्लास्टिकका फूलमाला प्रयोगबाट प्राकृतिक सौन्दर्यतामा असर पर्नुको साथै प्रयोगपश्चात सार्वजनिक स्थान, सडक, नदीमा फाल्ने जलाउने गर्दा वायु प्रदूषण हुने गर्दा छ । जसले मानव स्वास्थ्यमा (मुटु, फोक्सो, आँखा) समेत असर गर्दछ ।’ उनले भने, ‘प्राकृतिक फूलहरुको प्रयोग गरेर वातावरणसँगै मानव स्वास्थ्यको असर न्यूनिकारणमा ध्यान दिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शहर निर्माण आयोजनमा ८ अर्ब ३० करोड खर्च, के–के भए काम ?
-
सोलुखुम्बुमा भूकम्पको धक्का
-
पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो
-
सैनिक कल्याणकारी कोषको रकम हिनामिना प्रकरण : पूर्वमेजरविरुद्ध पनि डिफ्युजन नोटिस जारी गर्न पत्राचार
-
स्थानीय सेवा ऐन छिट्टै जारी गर्न धनगढी उपमहानगरको प्रदेश सरकारलाई आग्रह
-
सचिव बढुवाका लागि पौडेलको नाम सिफारिस