रास्वपाले मधेस प्रदेशको महाधिवेशन प्रतिनिधि नामावली सार्वजनिक गर्न सकेन
आइतबार, ०७ असार २०८३, १० : ३३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
- तर, मधेस प्रदेशका प्रतिनिधिहरूको सूची भने अझै टुङ्गो लाग्न सकेको छैन।
- मधेस प्रदेशमा यसअघि विवादकै कारण प्रदेश अधिवेशन समेत हुन सकेको थिएन।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरे पनि मधेस प्रदेशका प्रतिनिधिको सूची भने अझै टुङ्गो लगाउन सकेको छैन।
केन्द्रीय निर्वाचन आयोगले अन्य क्षेत्रका प्रतिनिधिहरूको नामावली सार्वजनिक गर्दै दाबी विरोधको प्रक्रिया अघि बढाए पनि मधेस प्रदेशको हकमा भने नाम समावेश नभएको हो ।
मधेस प्रदेशमा यसअघि विवादकै कारण प्रदेश अधिवेशन समेत हुन सकेको थिएन ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी विज्ञप्ति अनुसार, बाँकीका हकमा भने महाधिवेशनका लागि नामावली सार्वजनिक गरिएका प्रतिनिधिहरूले आफ्नो विवरणमा कुनै त्रुटि भए वा नाम छुटेको भए सच्याउनका लागि असार ८ गते बिहान १० बजेसम्मको समय दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
-
इजरायली आक्रमणमा अल जजिराका क्यामेरा म्यानसहित ६ जनाको मृत्यु
-
ट्युनिसियाविरुद्ध जापानको सानदार जित
-
रास्वपा महाधिवेशनमा आउन थाले नेता कार्यकर्ता, तस्बिरहरू
-
सुनिता डङ्गोल इजरायल प्रस्थान
-
अमेरिका–इरान वार्ताका लागि स्विट्जरल्यान्ड पुगे जेडी भान्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण