आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)

आइतबार, ०७ असार २०८३, ०७ : ३८
आइतबार, ०७ असार २०८३

सारांश

  • पोखराको रङ्गशालामा 'स्वस्थ वृद्धावस्थाका लागि योग' भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो ।
  • भारतीय दूतावासको सहयोगमा आयोजित उक्त कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्री, सांसद, जनप्रतिनिधि र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
  • मुख्यमन्त्री पाण्डेले योगलाई व्यायाम मात्र नभई स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनशैलीको आधार बनाउनुपर्नेमा जोड दिए ।

पोखरा ।  ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।

यसै क्रममा आज भारतीय दूतावासको सहयोगमा पोखराको रङ्गशालामा सामूहिक योग कार्यक्रम सञ्चालन गरिएको छ । 

कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्री तथा सांसदहरू, जनप्रतिनिधि र विभिन्न सङ्घ संस्थाको प्रतिनिधित्व छ । योगमा सामेल हुँदै मुख्यमन्त्री पाण्डेले योग व्यायाम मात्र नभएकोले जीवनशैली बनाउनुपर्ने सुझाव दिए ।

1-1

 ‘कतिपयले यसलाई व्यायाम मात्रै भन्छन् । तर योग स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनशैलीको आधार हो’ उनले भने । 

2-33-45-66-77-88-9

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप