लिग–२ क्रिकेटका लागि नेपाली टोली घोषणा
काठमाडौँ । अमेरिका जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । यो शृङ्खलामा नेपाल र अमेरिकासँगै स्कटल्याण्डको पनि सहभागिता रहेको छ ।
शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान रोहित पौडेलको कप्तानमा नेपाली टोलीको घोषणा गरेको हो । टोलीका अन्य सदस्यहरुमा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी रहेका छन् ।
त्यस्तै, अर्जुन साउद, सोमपाल कामी, करन केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । देव खनाल र सागर ढकाल रिजर्भमा समावेश गरिएका छन् ।
यो शृङ्खलामा सहभागी तीनवटै राष्ट्रले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । लिग–२ एकदिवसीय ढाँचाको प्रतियोगिता हो ।
नेपालले आफ्नो पहिलो खेल आइतबार आयोजक अमेरिकासँग खेल्नेछ । आगामी बिहीबार नेपालले स्कटल्यान्डसँग आफ्नो तेस्रो खेल खेल्नेछ । शृङ्खलामा अक्टोबर ३१ तारिखमा स्कटल्यान्ड र अमेरिकाबिच खेल हुनेछ ।
यसैगरी, नोभेम्बर २ तारिखमा नेपालले अमेरिकासँग आफ्नो तेस्रो खेल खेल्नेछ । नोभेम्बर ४ तारिखमा नेपालले स्कटल्यान्डको सामना गर्नेछ । नेपाल र स्कटल्यान्डबिचको उक्त खेलसँगै लिग–२ को यो शृङ्खला पनि सकिने छ ।
लिग–२ शृङ्खला सकिएपछि यी तीन राष्ट्रबिच त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला सुरु हुनेछ । तर, टी–२० शृङ्खला भने लिग–२ प्रतियोगिताको अंग होइन् । लिग–२ अन्तर्गतको प्रत्येक शृङ्खला सकिएसँगै सहभागी टोलीहरुबिच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिने परम्परा रहेको छ ।
लिग–२ प्रतियोगिताको यो दोस्रो संस्करण हो । दोस्रो संस्करणमा नेपालले खेल्न लागेको भने यो तेस्रो शृङ्खला हो । यसअघिको आफ्नो दुबै शृङ्खलामा नेपालको प्रदर्शन निकै निराशाजनक देखिएको छ । नेपालले आफ्नो पहिलो शृङ्खला गत फेब्रुअरीमा घरेलु मैदानमै खेलेको थियो ।
लिग–२ शृंखलाको अंक तालिकामा नेपालको अवस्था दयनीय देखिन्छ । हालसम्म १२ खेल खेलेको क्यानडा १६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । क्यानडाले आठ जित र चार हारको नतिजा निकालेको छ ।
आठ खेल खेलेको नेपाल तीन अंकसहित सातौँ स्थानमा छ । नेपालले हालसम्म एक जितमात्र हात पार्न सकेको छ ।
नेपाली टोली ६ खेलमा पराजित भएको छ । नेपालको एक खेल भने अनिर्णित रुपमा सकिएको छ । सात खेल खेलेको संयुक्त अरब इमिरेट्स (यूएई) दुई अंकसहित आठौँ स्थानमा छ । यूएईले एक जित र ६ हारको नतिजा निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण