जापानमा तल्लो सदनको लागि मतदान जारी, अप्ठ्यारोमा इशिबाको गठबन्धन
टोकियो । जापानी मतदाताहरूले आज प्रधानमन्त्री शिगेरु इशिबाको सरकारको भाग्यको फैसला गर्दैछन् । यो चुनावमा उनको गठबन्धन सरकारमाथि संकट मडारिरहेको विश्लेषण गरिएको छ ।
फन्डिङ घोटाला र बढ्दो महँगीलाई लिएर जनता इशिबा नेतृत्वको सरकारप्रति रुष्ट छन् । पछिल्लो स्थितिमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को एक दशकदेखिको प्रभुत्व समाप्त हुने आशङ्का बढ्न थालेका छन् ।
पछिल्ला जनमत सर्वेक्षणहरूका अनुसार एलडीपी र लामो समयदेखि उसको सत्ता सहयोगी कोमितोले यस चुनावमा हार बेहोर्न सक्नेछन् ।
जापान पछिल्लो समय बढ्दो महँगी र छिमेकी देश चीनसँग बढ्दो तनावपूर्ण सम्बन्धबाट गुज्रिरहेको छ । जनमत सर्वेक्षणको कुरा सत्य साबित भयो भने बहुमत गुम्दा इशिबा सत्ता साझेदारीका साना दलहरूसँग वार्तालाप गर्न बाध्य हुनेछन् ।
साना दलहरूसँग सत्ता बाढ्नुपर्यो भने एलडीपीको केही नीतिगत क्षेत्रमा अनिश्चितता आउनेछ । तर अहिलेसम्म कुनै पनि सर्वेक्षणले एलडीपीले सत्ताबाट बाहिरने पूर्वानुमान भने लगाएका छैनन् ।
चुनावमा एलडीपी विपक्षी दलविरुद्ध सबेभन्दा बलियो प्रतिस्पर्धी हो । इशिबा एक महिना अघि मात्रै जापानको प्रधानमन्त्री बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण