जापानमा तल्लो सदनको लागि मतदान जारी, अप्ठ्यारोमा इशिबाको गठबन्धन

टोकियो । जापानी मतदाताहरूले आज प्रधानमन्त्री शिगेरु इशिबाको सरकारको भाग्यको फैसला गर्दैछन् । यो चुनावमा उनको गठबन्धन सरकारमाथि संकट मडारिरहेको विश्लेषण गरिएको छ ।
फन्डिङ घोटाला र बढ्दो महँगीलाई लिएर जनता इशिबा नेतृत्वको सरकारप्रति रुष्ट छन् । पछिल्लो स्थितिमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को एक दशकदेखिको प्रभुत्व समाप्त हुने आशङ्का बढ्न थालेका छन् ।
पछिल्ला जनमत सर्वेक्षणहरूका अनुसार एलडीपी र लामो समयदेखि उसको सत्ता सहयोगी कोमितोले यस चुनावमा हार बेहोर्न सक्नेछन् ।
जापान पछिल्लो समय बढ्दो महँगी र छिमेकी देश चीनसँग बढ्दो तनावपूर्ण सम्बन्धबाट गुज्रिरहेको छ । जनमत सर्वेक्षणको कुरा सत्य साबित भयो भने बहुमत गुम्दा इशिबा सत्ता साझेदारीका साना दलहरूसँग वार्तालाप गर्न बाध्य हुनेछन् ।
साना दलहरूसँग सत्ता बाढ्नुपर्यो भने एलडीपीको केही नीतिगत क्षेत्रमा अनिश्चितता आउनेछ । तर अहिलेसम्म कुनै पनि सर्वेक्षणले एलडीपीले सत्ताबाट बाहिरने पूर्वानुमान भने लगाएका छैनन् ।
चुनावमा एलडीपी विपक्षी दलविरुद्ध सबेभन्दा बलियो प्रतिस्पर्धी हो । इशिबा एक महिना अघि मात्रै जापानको प्रधानमन्त्री बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत