जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ
आइतबार, ११ कात्तिक २०८१, १२ : १०
काठमाडौँ । काठमाडौँसहित विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ परेका छन् ।
- काठमाडौँ महानगरपालिका-२७ मसानगल्लीस्थित रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२५ भेडासिंह बस्ने महोत्तरी भंगहा नगरपालिका-७ घर भएका ४४ वर्षीय कुशेश्वर साह समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ६० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
- काभ्रे, पनौती नगरपालिका-११ ख्याकु बस्ने रमेश थापाको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय शिव आलेमगर समेत २१ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ३ सय १५ रुपैयाँ, १ बुक तास र ३ थान कौडा सहित पक्राउ गरेको हो ।
- कैलाली, धनगढी उपमहानगरपालिका-७ बेलिबजार बस्ने महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय हिक्मत थापा समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार २ सय ३५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
- यसैगरी कैलाली, धनगढी उपमहागनगरपालिका-९ बङग्राकटानस्थित खेम बहादुर शाहुको खेतबारीमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-९ बस्ने ३४ वर्षीय हरि बिष्ट समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ५ सय ६० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण