विष्णोई समाजले जलायो सलमान र सलिम खानको पुत्ला
नयाँ दिल्ली । लरेन्स विष्णोई गिरोह र सलमान खानको मामिला तन्किँदै गइरहेको छ । गिरोहले एनसीपीका नेता बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लिएपछि स्थिति झनै बिग्रिएको छ । सलमान खानले विदेशबाट आफ्नो लागि बुलेटप्रुफ कार अर्डर गरेको बताइएको छ ।
यस्तो अवस्थामा सलमानका पिताले छोराको बचाउ गरिरहेका छन् । हालै उनले सलमानको बचाउमा बोलेको कुराले विष्णोई समुदाय उनीसँग रिसाएको छ । सलमान खानलाई चेतावनी दिँदै उनीहरूले अभिनेता र उनका पिताको पुत्ला जलाएका छन् ।
सलिम खानले सलमानलाई निर्दोष घोषित थिए
हालै एक अन्तरवार्तामा सलिम खानले सलमानलाई निर्दोष बताएका थिए । आफ्नो छोराले कुनै अपराध नगरेको उनको भनाइ थियो । ‘केही अपराध गरेको छ, तपाईँहरूले देख्नुभएको छ ? तपाईँलाई थाहा छ ? छानबिन गर्नुभयो ? हामीले त कहिले पनि बन्दुक चलाएका छैनौँ ।’ सलिमले भनेका थिए । ‘घटनाको समयमा आफू त्यहाँ थिए भनेर सलमानले भनेका छन् ? उसलाई जनावर मार्नेमा कुनै शौक छैन, ऊ त पशुलाई माया गर्छ ।’ अझ अगाडि सलिमले भनेका थिए ।
सलिम खानको भनाइबाट आक्रोशित विष्णोई समुदायका मानिसहरू शनिबार जयपुरमा भेला भएर उनको विरुद्धमा प्रदर्शन गरेका थिए । यस क्रममा उनीहरूले सलिम खान र सलमान खानको पुत्ला पनि जलाएका थिए । यो घटनापछि सलमान र सलीम खानको तर्फबाट कुनै बयान आएको छैन ।
आक्रोशित भयो विष्णोई समुदाय
सलिम खानको बयानपछि विष्णोई समुदाय आक्रोशित बनेको छ । सलीम खानले भ्रमित बनाइरहेको उनीहरूको भनाइ थियो । सलिम खानले सलमान खानलाई निर्दोष बताए पनि उनले कालो हरिणलाई मारेको समुदायको दाबी छ । समुदायका लागि कालो हरिण आफ्नो सन्तान जस्तै भएको र कालो हरिणलाई मारेको कुरा आफूहरूले कहिले नभुल्ने समुदायको भनाइ छ । जबसम्म सलमान खानले यसका लागि माफी माग्दैनन्, तबसम्म विष्णोई समाजले उनलाई दोषी मान्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण