आठ वर्षपछि निर्देशनमा कमब्याक गर्दै ऋषि लामिछाने
काठमाडौंँ । ऋषि लामिछाने निर्देशनमा कमब्याक गर्ने भएका छन् । ८ वर्षपछि उनले फिल्ममा कमब्याक गर्न लागेका हुन् । माघ १५ गतेबाट छायाङ्कन गर्ने गरेर उनले अहिले फिल्मको छायाङ्कन तयारी गरिरहेका छन् ।
कमेडी कथावस्तुमा बन्ने फिल्म मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन् । फिल्मको लेखन भने समीक्षक सामिप्यराज तिमिल्सेनाले गरिरहेका छन् । निर्माता मुनाल फिल्म ‘खबरदार’ र ‘इच्छा’ का निर्देशन र घोराही उप–महानगरपालिका–४ को वडा अध्यक्ष पनि हुन् ।
ऋषिले यसअघि निर्देशन गरेको फिल्म ‘किस्मत २’ सन् २०१६ मा प्रदर्शन आएको थियो । उनले ‘हवल्दार सुन्तली’, ‘सरी ल’, ‘श्रीमान् श्रीमती’ लगायतका फिल्म पनि निर्देशन गरेका छन् ।
निर्माता घिमिरेले शनिबार आफ्नो फेसबुकमार्फत् फिल्ममा कलाकार केदार घिमिरे (माग्ने बुढा) सँग काम गर्ने सहमति भएको जनाएका छन् । त्यस्तै संगीतकारको रुपमा दीपक शर्मासँग समेत काम गर्न लागेको समेत बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण