तस्करीको सामानसहित २ जना पक्राउ
सोमबार, १२ कात्तिक २०८१, ०७ : ४०
रौतहट । रौतहटमा प्रहरीको गस्ती टोलीले तस्करीको विभिन्न सामानसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजदेवी नगरपालिका ६ बस्ने वर्ष ३५ का सञ्जीव यादव र वर्ष २९ का वीरेन्द्र यादव रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
राजदेवी-६ पताहीमा बीआर ३० ई ७३२४ नम्बरको मोटरसाइकलमा भारतीय बजार बैरगनियाबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको ६८ हजार ८४० रुपैयाँ बराबरको कपडासहित उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको प्रवक्ता रायले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई कपडा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण