श्रीलंकालाई हराउँदै अफगानिस्तानले चुम्यो एसीसी इमर्जिङ टिम्स एसियाको उपाधि
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि अफगानिस्तान ‘ए’ ले जितेको छ । ओमानको अल अमेरातमा सम्पन्न फाइनल खेलमा अफगानिस्तान ‘ए’ ले श्रीलंका ‘ए’ लाई सात विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको श्रीलंकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले भने १८.१ ओभरमै केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
अफगानिस्तानको जितमा ओपनर ब्याट्सम्यान सेदिकुल्लाह अतलले अविजित ५५ रनको योगदान गरे । उनले ५५ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान करिम जनतले पनि टोलीको खातामा ३३ रन थपे ।
करिम जनतले २७ बलमा तीन चौका पनि प्रहार गरे । कप्तान दार्विस रसुलीले २४ रन बनाए । उनले २० बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान मोहम्मद इसाक १६ रनमा अविजित रहे ।
त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाका लागि सहान अराचिगेले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले अविजित ६४ रन बनाएका थिए । उनले केवल ४७ बलको सामना गरी ६ चौका पनि हिर्काएका थिए ।
निमेष विमुक्तिले २३ र पवन रत्नायकेले २० रन बनाएका थिए । श्रीलंकाका अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अफगानिस्तानका बलर बिलाल सामीले तीन विकेट लिए । अल्लाह मोहम्मद घाजनफरले पनि दुई विकेट हात पारे । उनी प्लेयर अफ दी म्याच पनि घोषित भए ।
अफगानिस्तानकै सेदिकुल्लाह अतल प्लेयर अफ दी सिरिज घोषित भए । प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको यो छैटौँ संस्करण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण