सहकारी ठगी प्रकरण
रवि लामिछाने ८ घण्टादेखि वकिल कार्यालयमा, बयान सक्ने तयारी
सोमबार, १२ कात्तिक २०८१, १९ : २८
पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग प्रहरीले लामो बयान लिएको छ । सरकारी वकिलको कार्यालयमा बिहान साढे ११ बजेदेखि बयान सुरु भएकोमा हालसम्म जारी छ ।
स्रोतका अनुसार बयान आजै सक्ने तयारी छ ।
रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ । उनीमाथि प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ ।
कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको अनुसन्धानका लागि कास्की लगिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण