साढे ८ घण्टापछि सरकारी वकिल कार्यालयबाट निकालियो रविलाई
पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा पक्राउ परेर अनुसन्धानका क्रममा रहेका रास्वपा सभापति रवि लामिछानेलाई सोमबार करिब साढे ८ घण्टा बयान लिइएको छ । सरकारी वकिलको कार्यालयमा प्रहरीले उनीसँग लामो बयान लिएको हो ।
बिहान साढे ११ बजेतिर सरकारी वकिलको कार्यालयमा प्रवेश गराइएका रविलाई पौने ८ बजे राती मात्रै निकालिएको छ । उनलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला प्रहरी कार्यालयमा लगिएको हो । रविको बयानबारे थाहा पाएर त्यहाँ पुगेका उनका समर्थकहरू भने रविको बारेमा कुनै जानकारी नदिइएको भन्दै प्रहरीसँग रुष्ट बनेका छन् ।
‘लामो समयदेखि हामी यहाँ छौँ । प्रहरीले सामान्य जानकारी पनि दिएन,’ उनीहरुले भने, ‘बयान सकिएको हो कि होइन, अब के हुन्छ भन्ने सामान्य जानकारी पनि दिइएको छैन । यो गलत हो ।’ रविलाई जिल्ला अदालतले दोस्रो पटक ७ दिनको म्याद थप गरेको छ । उनको म्याद १४ गते सकिनेछ ।
तर १५ गतेदेखि नै तिहार बिदा हुने भएकाले उनलाई २० गते मात्रै अदालत उपस्थित गराउने बताइएको छ । लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको हो । रास्वपाले उनको समर्थनमा पोखरामा झण्डै १ साता प्रदर्शन गरेको थियो । पछिल्लो पटक म्याद थप भएपछि रास्वपाको प्रदर्शन काठमाडौँ केन्द्रित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण