एक महिनापछि खुल्यो रसुवा नाका, २६ वटा ट्रक भित्रिए
मङ्गलबार, १३ कात्तिक २०८१, १४ : ०४
काठमाडौँ । असोजको दोस्रो साता गएको बाढी पहिरोले सडक बगाएपछि बन्द भएको रसुवा भन्सार नाका आजदेखि सञ्चालनमा आएको छ ।
नाका सुरु भएसँगै आजै २६ वटा मालवाहक ट्रक नेपाल भित्रिएका छन् । यी गाडीमा फलफूल, लत्ताकपडा, विद्युतीय सामग्री र जलविद्युत् आयोजनामा प्रयोग हुने सामग्री रहेको रसुवा भन्सार कार्यालयले जानकारी गराएको छ ।
बाटो पूर्णरुपमा नबनेका कारण गाडीमा १५ टनभन्दा बढी सामान राख्न दिइएको छैन । नेपाल र चीन दुवै तर्फको बाटो बाढी, पहिरोले अवरुद्ध गरेपछि दसैँ, तिहारलाई लक्षित गरी ल्याइएको धेरै सामान नाकामै अड्किएका थिए ।
रसुवा भन्सार कार्यालयका अनुसार नाका बन्द हुँदा दैनिक ८ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन प्रभावित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण