किरण राणा र सुन्दर ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । मन्त्रिपरिषद्को निर्णयबाट नेपाल प्रहरीको एआईजी पदमा बढुवा भएका किरण राणा र डा. सुन्दर प्रसाद ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले उनीहरूलाई मंगलबार साँझ फुली लगाइदिएका हुन् ।
मंगलबार नै मन्त्रिपरिषद्ले उनीहरूलाई एआईजीमा पदोन्नति गर्ने निर्णय गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत राणा र प्रहरी अस्पतालका डीआईजी ह्योजुलाई कार्तिक ४ मा बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको थियो । राणा जनपद तर्फ र ह्योजु प्राविधिक समूहका हुन् ।
बढुवासँगै डा. ह्योजु प्रहरी अस्पतालको प्रमुख भएका छन् । राणा दुई दिनमा अर्थात कार्तिक १५ मा अवकाशमा जाँदैछिन् । तिहार बिदाका कारण उनको बुधवार साँझ बिदाइ हुनेछ । उनी राणा आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेकी थिइन् । उनी ५६ वर्षे उमेर हदका कारण अवकाश हुन लागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण