पुटिन र किम ट्रम्पले जितोस् भन्ने चाहन्छन् : ह्यारिस
बुधबार, १४ कात्तिक २०८१, ०९ : ५३
वासिङ्टन । अमेरिकामा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले चुनावी भाषणका क्रममा पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबारे गम्भीर टिप्पणी गरेकी छन् । भ्लादिमिर पुटिन र किम जोङ उन जस्ता तानाशाहहरु ट्रम्पले जितेको हेर्न चाहेको ह्यारिसले आरोप लगाएकी हुन् ।
कमला ह्यारिसले भनिन्, ‘अमेरिका विश्वमा स्वतन्त्रताको च्याम्पियन रहिरहोस् भनेर म सुनिश्चित गर्नेछु। हामीले माया गर्ने देशको लागि लडौँ । हामी सबैसँग यी ७ दिनमा पाना पल्टाउन र अहिलेसम्म भनिएका कथाहरूको अर्को र उत्कृष्ट अध्याय लेख्नको लागि पर्याप्त शक्ति छ।’
आफ्नो सम्बोधनका क्रममा उनले मतदाताहरूलाई सन् २०२१, जनवरी ६ को हिंसाको बारेमा पनि स्मरण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण