पुटिन र किम ट्रम्पले जितोस् भन्ने चाहन्छन् : ह्यारिस
बुधबार, १४ कात्तिक २०८१, ०९ : ५३

वासिङ्टन । अमेरिकामा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले चुनावी भाषणका क्रममा पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबारे गम्भीर टिप्पणी गरेकी छन् । भ्लादिमिर पुटिन र किम जोङ उन जस्ता तानाशाहहरु ट्रम्पले जितेको हेर्न चाहेको ह्यारिसले आरोप लगाएकी हुन् ।
कमला ह्यारिसले भनिन्, ‘अमेरिका विश्वमा स्वतन्त्रताको च्याम्पियन रहिरहोस् भनेर म सुनिश्चित गर्नेछु। हामीले माया गर्ने देशको लागि लडौँ । हामी सबैसँग यी ७ दिनमा पाना पल्टाउन र अहिलेसम्म भनिएका कथाहरूको अर्को र उत्कृष्ट अध्याय लेख्नको लागि पर्याप्त शक्ति छ।’
आफ्नो सम्बोधनका क्रममा उनले मतदाताहरूलाई सन् २०२१, जनवरी ६ को हिंसाको बारेमा पनि स्मरण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको छ: मन्त्री खड्का
-
ग्यालेक्सीसँग हार्यो संस्कृति इन्टरनेशनल
-
बीसीसीआईद्वारा आईपीएलका बाँकी सबै खेल रद्द
-
पाकिस्तानसँगको तनावबिच इन्डियन आयल कर्पोरेसनको अपिल
-
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
-
प्रदीप नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता : राष्ट्रपति पौडेल