रूस र उत्तर कोरियाबिचको बढ्दो सम्बन्धबारे हाम्रो चासो छैन : चीन
बेइजिङ । संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका आठ हजार सैनिक युक्रेनसँगको युद्धका लागि तालिम प्राप्त र तयार रहेको रुसको सीमा क्षेत्रमा पुगेको चेतावनी दिएपछि चीनले प्योङयाङ र मस्कोबिचको बढ्दो सम्बन्ध आफ्नो चासोको विषय नभएको बताएको छ ।
“उत्तर कोरिया र रूस दुई स्वतन्त्र सार्वभौम राष्ट्र हुन् । उनीहरूले द्विपक्षीय सम्बन्ध कसरी विकास गर्छन् भन्ने कुरा उनीहरूको आफ्नै विषय हो,” बेइजिङको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने ।
युक्रेनमाथिको आक्रमणको फाइदा उठाउँदै राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाबाट सैनिक र सैन्य सामग्री स्वीकार गरेका छन् । एक शताब्दीभन्दा बढी समयपछि पहिलो पटक रुसले आफ्नो भूमिमा विदेशी सेनालाई आमन्त्रण गरेको हो ।
अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसमा रहेका १० हजार उत्तर कोरियाली सैनिकमध्ये करिब आठ हजार कुस्र्क सीमा क्षेत्रमा पुगेको बताएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर कोरियाली सेनामाथि आफ्ना सहयोगीले गरेको अकर्मण्यताको निन्दा गर्दै चीनको ‘मौनता’बाट आफू आश्चर्यचकित भएको बताएका छन् ।
जवाफमा बेइजिङले शुक्रबार उत्तर कोरिया र रूसबीच द्विपक्षीय आदानप्रदान र सहयोगको विशिष्ट अवस्थाबारे आफूलाई थाहा नभएको बताएको छ । लिनले भने, “विभिन्न पक्षले स्थितिलाई सहज बनाउने र युक्रेन सङ्कटको राजनीतिक समाधानका लागि काम गर्ने आशा गर्ने चीनको अडान परिवर्तन भएको छैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण