रूस र उत्तर कोरियाबिचको बढ्दो सम्बन्धबारे हाम्रो चासो छैन : चीन

बेइजिङ । संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका आठ हजार सैनिक युक्रेनसँगको युद्धका लागि तालिम प्राप्त र तयार रहेको रुसको सीमा क्षेत्रमा पुगेको चेतावनी दिएपछि चीनले प्योङयाङ र मस्कोबिचको बढ्दो सम्बन्ध आफ्नो चासोको विषय नभएको बताएको छ ।
“उत्तर कोरिया र रूस दुई स्वतन्त्र सार्वभौम राष्ट्र हुन् । उनीहरूले द्विपक्षीय सम्बन्ध कसरी विकास गर्छन् भन्ने कुरा उनीहरूको आफ्नै विषय हो,” बेइजिङको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने ।
युक्रेनमाथिको आक्रमणको फाइदा उठाउँदै राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाबाट सैनिक र सैन्य सामग्री स्वीकार गरेका छन् । एक शताब्दीभन्दा बढी समयपछि पहिलो पटक रुसले आफ्नो भूमिमा विदेशी सेनालाई आमन्त्रण गरेको हो ।
अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसमा रहेका १० हजार उत्तर कोरियाली सैनिकमध्ये करिब आठ हजार कुस्र्क सीमा क्षेत्रमा पुगेको बताएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर कोरियाली सेनामाथि आफ्ना सहयोगीले गरेको अकर्मण्यताको निन्दा गर्दै चीनको ‘मौनता’बाट आफू आश्चर्यचकित भएको बताएका छन् ।
जवाफमा बेइजिङले शुक्रबार उत्तर कोरिया र रूसबीच द्विपक्षीय आदानप्रदान र सहयोगको विशिष्ट अवस्थाबारे आफूलाई थाहा नभएको बताएको छ । लिनले भने, “विभिन्न पक्षले स्थितिलाई सहज बनाउने र युक्रेन सङ्कटको राजनीतिक समाधानका लागि काम गर्ने आशा गर्ने चीनको अडान परिवर्तन भएको छैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक
-
असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
-
त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने
-
रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो