जापानमा साइकल चलाउँदा मोबाइल प्रयोग गर्नेलाई ६ महिना जेल सजाय हुने
शुक्रबार, १६ कात्तिक २०८१, १५ : ४८
टोकियो । जापानमा साइकल चलाउँदा मोबाइल प्रयोग गर्न निषेध गरिएको छ । यो नियम शुक्रबारदेखि लागु भएको हो ।
साइकल चलाउँदा मोबाइल प्रयोग गरेको पाइएमा अधिकतम ६ महिना जेल सजाय हुने प्रावधान जापानले लागु गरेको हो । जापानको संशोधित सडक कानुन अनुसार साइकल चलाएको अवस्थामा मोबाइल प्रयोग गरेको पाइएमा अधिकतम ६ महिना जेल वा एक लाख येन (जापानी मुद्रा) जरिवाना हुने छ ।
जापानी सञ्चारमाध्यमका अनुसार कोभिड महामारीका क्रममा जापानमा सार्वजनिक सवारी साधन प्रयोगकर्ताको संख्या घट्नुका साथै साइकल प्रयोगकर्ता बढेका थिए ।
पछिल्लो समय जापानमा साइकल चालकसँग सम्बन्धित दुर्घटना बढेका कारण पनि नयाँ नियम बनाइएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
संशोधित कानुन अनुसार मदिरा सेवन गरेर साइकल चलाएको पाइएमा तीन वर्षसम्म जेल र पाँच लाख येन जरिवाना हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण