काठमाडौँ । आज नेपालभर कात्तिक शुक्ल प्रतिपदा अर्थात गाई र गोरुको पूजा गरिदैछ । सनातन कालदेखि चलिआएको विधि अनुसार गाईलाई पवित्र मानी गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
_0MAD3ki54q.jpg)
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षा बन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । गाई पूजाको दिन ललितपुरको स्नेहाज केयर र चोभारमा पनि मानिसहरूले गाई पूजा गरेका छन् ।
_flvaBvrlay.jpg)
आजै गोरु र कृषकको पूजाआजा पनि गरिँदैछ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।
_3T0qIFyLMc.jpg)
गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसै गरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।
_y0A6kFs1Qs.jpg)
द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।
_ziYK0qWq4b.jpg)
_25usrVZz2e.jpg)
_HFQJby4VPM.jpg)
_OXV6Di6HDO.jpg)
_d7B9n2ptdu.jpg)
_G2E2dtb9Q4.jpg)
_T0erEwg8fF.jpg)
_8hsuZZWQvB.jpg)
_9VBlfWkMP1.jpg)
_lxBIsWfO1Y.jpg)
_r9ybwWGKAj.jpg)
_1VoaR82uyP.jpg)
_08dIPkn2nA.jpg)
_waNvpYMQEi.jpg)
_sO2BqgiSvH.jpg)
_mF4ZTyeoOt.jpg)
प्रतिक्रिया