एन्फाले पायो एएफसी गोल्ड अवार्ड
शनिबार, १७ कात्तिक २०८१, १५ : २९
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) एएफसी मेम्बर एसोसिएसन अफ द इयर २०२३ अन्तर्गत गोल्ड अवार्डद्वारा सम्मानित भएको छ । एन्फाले शनिवार एक विज्ञप्ति जारी गरी सो अवार्ड प्राप्त गरेको जानकारी दिएको हो ।
यो सम्मानले सीमित श्रोत साधन, न्यून पूर्वाधार र विविध चुनौतीहरूको बाबजुद पनि नेपाली फुटबललाई उचाइमा पुर्याउन एन्फाले देखाएको साहस र प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको एन्फाले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ : ‘अखिल नेपाल फुटबल सङ्घलाई एएएफसी मेम्बर एसोसिएसन अफ द इयर २०२३ अन्तर्गत गोल्ड अवार्डद्वारा सम्मान गरिनु नेपालीहरूको गर्वको विषय हो ।’
यस विशेष अवसरमा प्राप्त गरिएको यस ऐतिहासिक उपलब्धिका लागि एन्फाले एसियाली फुटबल महासङ्घ (एएफसी) प्रति हार्दिक आभार समेत प्रकट गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण