बेपत्ता भएको दुई दिनपछि मृत भेटिइन् किशोरी
शनिबार, १७ कात्तिक २०८१, १८ : २७
वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकामा एक जना किशोरीको शव बरामद भएको छ । ती किशोरी नगरपालिकाको वडा नम्बर– ८ रामनगरीबाट दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता दीपक भारतीका अनुसार स्थानीय रामबाबु सहनीकी १७ वर्षीया छोरी निजीमा कुमारी सहनी मृत अवस्थामा भेटिएकी हुन् । उनका अनुसार रामनगरीस्थित बजारको पोखरीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो । शनिबार दिउँसो पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
त्यस लगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटना भवितव्य हो वा हत्या ? त्यसबारे प्रहरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो । मृत भेटिएकी सहनीको शव पोस्टमार्टमका लागी वीरगन्जको नारायणी अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण