जापानद्वारा रक्षा सञ्चार उपग्रहसहितको एच–थ्री रकेट प्रक्षेपण
सोमबार, १९ कात्तिक २०८१, १६ : १०
टोरोन्टो । जापानले सोमबार कागोशिमा प्रान्तको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट आफ्नो ध्वजाबाहक नयाँ एच–थ्री रकेट प्रक्षेपण गरेको छ ।
जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित एच–थ्री रकेट सफलतापूर्वक उपग्रहबाट अलग भएको छ ।
यो उपग्रहको उद्देश्य जापानको सेल्फ डिफेन्स फोर्सलाई अन्तरिक्षबाट सूचना आदानप्रदान बढाउने हो ।
जापानको एचथ्री रकेटले एच–२ ए रकेटको सञ्चालनलाई पूर्णरूपमा प्रतिस्थापन गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०२४ देखि अर्को मार्चसम्म ५० रकेटको प्रक्षेपण गरिने अपेक्षा गरिएको छ ।
मार्च २०२३ मा यसको उद्घाटन प्रक्षेपणको विफलता र यस वर्ष दुई सफल मिसनपछि सोमवारको एच–थ्रीको प्रक्षेपण यो वर्ष गरिएको जापानको चौथो प्रक्षेपण हो । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण