दाहसंस्कार स्थल व्यवस्थित गर्दै कर्णाली सरकार
सुर्खेत । कर्णाली प्रदेश सरकारले भेरी नदीको दाहसंस्कार स्थललाई व्यवस्थित गर्न लागेको छ । त्यसका लागि एक करोड ५० लाख रकम विनियोजन गरिएको मुख्यमन्त्री यामलाल कँडेलले जानकारी दिए ।
लामो समयदेखि दाहसंस्कारको रूपमा प्रयोग गरिँदै आएपनि भेरी पुल नजिकको क्षेत्र व्यवस्थित नहुँदा समस्या भइरहेको थियो ।
दाहसंस्कारको लागि प्रयोग भइरहेको वीरेन्द्रनगर नगरपालिका अन्तर्गत पर्ने भेरी पुल आसपासको क्षेत्रलाई थप व्यवस्थित गरी सुविधा सम्पन्न बनाउन वीरेन्द्रनगर नगरपालिकाबाट कार्यान्वयन हुने गरी प्रदेश सरकारले बजेट विनियोजन गरेको मुख्यमन्त्री कँडेलले बताए ।
व्यवस्थित आर्यघाट बनाउन वीरेन्द्रनगर नगरपालिका, वन कार्यालय र सरोकारवालाहरूसहितको टोलीले मंगलबार स्थलगत अवलोकन समेत गरेको छ ।
मुख्यमन्त्री कँडेलले उक्त क्षेत्रमा उचित स्थानको छनोटको लागि प्राविधिक टिमलाई निर्देशन समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
-
निःशुल्क स्वास्थ्य शिविरमा ३३४ महिलाले लिए सेवा
-
पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
सात प्रदेशको कस्तो आयो कृषि बजेट ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण