दुई दशकपछि एफ्रो एसिया कपलाई फर्काउने तयारी
काठमाडौँ । एसिया–११ र अफ्रिका–११ बिच खेलाइने एफ्रो एसिया कप पुनः सुरु गर्ने तयारी गरिएको अफ्रिकन क्रिकेट एसोसिएसन (एसीए) ले जानकारी दिएको छ । शनिबार आयोजित वार्षिक साधारण सभामा एसीसीको पुनर्संरचनाको साथै प्रतिस्पर्धात्मक खेलहरू थप्न ६ जनाको अन्तरिम कमिटी गठन गरिएको हो ।
यसको मुख्य उद्देश्य भनेको अन्य एसियाली क्रिकेट काउन्सिल (एसीसी) जस्ता अन्य संस्थाहरूसँग सम्पर्क बढाउने र एफ्रो एसिया कपजस्ता अन्तरदेशीय प्रतियोगिताहरू आयोजना गर्नु रहेको छ । यो प्रतियोगिता हालसम्म दुई पटक खेलाइएको छ ।
सन् २००५ मा यो दक्षिण अफ्रिकामा आयोजना गरिएको थियो भने सन् २००७ मा यो भारतमा आयोजना गरिएको थियो । सन् २००९ मा यो केन्यामा आयोजना गर्ने तयारी थियो, तर त्यहाँ यो आयोजना नै भएन ।
तर, दुई दशकपछि फेरि यसको चर्चा सुरु भएको छ । यस प्रतियोगिताले दुई देशीय शृङ्खलासमेत नखेलिरहेका भारत र पाकिस्तानका खेलाडीहरूले एसिया–११ बाट एउटै टिममा खेल्ने दुर्लभ अवसर पाउनेछन् ।
ईएसपीएन क्रिकइन्फोले एसीसीका प्रतिनिधिलाई सम्पर्क गर्दा यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । सन् २००५ मा आयोजित एकदिवसीय शृङ्खलाको एक खेल वर्षाले प्रभावित हुँदा एसिया–११ र अफ्रिका–११ ले १–१ को बराबरीमा ट्रफी बाँडेका थिए र सन् २००७ मा भने एसिया–११ ले सबै तीन खेल जितेको थियो ।
सन् २००५ को एसिया टोलीका कप्तान इन्जमाम उल हक थिए । टोलीमा राहुल द्रविड, आशिष नेहरा र अनिल कुम्ब्लेलगायत खेलाडी थिए । सन् २००७ को एसिया टोलीमा महेन्द्र सिंह धोनी, सौरभ गांगुली, हरभजन सिंह, युवराज सिंह, वीरेन्द्र सेहवाग, सचिन तेन्दुल्कर, मोहम्मद आसिफ, मोहम्मद युसुफ र शोहेब अख्तर रहेका छन् ।
सन् २००८ मा भारतको मुम्बईमा भएको आतङ्कवादी आक्रमणपछि भने भारत र पाकिस्तानको सम्बन्ध चिसिएको थियो । सन् २०१२–१३ यता दुई टोलीले सेतो बलले खेलिने कुनै पनि दुई देशीय शृङ्खला खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाँचौँ आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ सम्पन्न
-
छेबाङ लामाको ‘एकोहोरो माया’ मा मिरुनाको अभिनय
-
पाकिस्तानमा बन्दुकधारीको आक्रमण, ६ सैनिकको मृत्यु
-
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
-
सम्झौता मितिभन्दा सात महिनाअघि नै बन्यो पुल
-
१० बजे १० समाचार : कांग्रेसमा किचलोदेखि गोपाल हमाललाई मस्तिष्कघातसम्म