गौरीशङ्कर गाउँपालिका उपाध्यक्षमा कांग्रेसले दियो शेर्पालाई टिकट
बुधबार, २१ कात्तिक २०८१, ११ : ३९
काठमाडौँ । नेपाली कांग्रेसले गौरीशङ्कर गाउँपालिका उपाध्यक्षमा पासाडिकी शेर्पालाई टिकट दिने निर्णय गरेको छ । पार्टी जिल्ला सभापति वर्मा लामाले दिएको जानकारी अनुसार जिल्लाले उनको नाम फाइनल गरेर केन्द्रलाई पठाएको छ ।
तत्कालीन गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको ५३ वर्षको उमेरमा २०८० साल असारमा निधन भएको थियो । सोही कारण यहाँ उपनिर्वाचन गर्नुपरेको हो । सभापति लामाका अनुसार शेर्पा स्वर्गीय श्यामसुन्दर तामाङकी श्रीमती हुन् ।
‘उहाँ स्व. श्यामसुन्दरजीको धर्मपत्नी पनि हो । उहाँको नाम एकल सिफारिस भएर आएको थियो‚’ उनले भने‚ ‘हामीले निर्णय गरेर प्रदेश र केन्द्रमा पठाइ सकेका छौँ ।’
नेपाली कांग्रेसको विधान अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टिकट फाइनल गर्ने अधिकार जिल्ला संसदीय समितिलाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण