सकियो कमला ह्यारिसको चुनावी खेल
वासिङ्टन डिसी । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जीत सुनिश्चित देखिएको छ । अमेरिकी मिडिया आउटलेटहरु फक्स न्यूज, सीएनएनले यस्तो घोषणा गरेका छन् । अहिलेसम्म पनि मतगणना जारी छ ।
सीएनएनका अनुसार ट्रम्प २७० को बहुमतबाट केही मत मात्रै टाढा छन् । ह्यारिसले भने अहिलेसम्म १८८ मत पाएकी छिन् । फक्स न्युजले पनि ट्रम्पको जितको घोषणा गरिसकेको छ । अहिलेसम्म ट्रम्पले १६ राज्यमा जितिसकेका छन् ।
क्यालिफोनिर्यामा भने कमला ह्यारिसले जितेकी छिन् । यहाँ ५४ इलेक्टोरल भोट छ । यो अमेरिकाको कुनै पनि राज्यको सबैभन्दा धेरै हो । तर उनको यो जित पनि फिक्का बनेको छ ।
ह्यारिसले सात स्वीङ्ग स्टेटमध्ये कुनै पनि जित जवा अग्रता हासिल गर्न सकेकी छैनन् । प्रारम्भिक रुझानमै ह्यारिसको भन्दा ट्रम्पको अवस्था बलियो देखिएको थियो ।
यसैबीच कमलाले हार्वार्ड विश्वविद्यालयमा आफ्ना कार्यकर्ताहरूलाई गर्ने भनिएको सम्बोधन रद्द गरेकी छिन् । यसलाई कमलाले आफ्नो हार स्वीकारेको रुपमा अथ्र्याउन थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण