दुई खेलको निलम्बनमा परे वेस्ट इन्डिजका बलर अल्जारी जोसेफ
काठमाडौँ । वेस्ट इन्डिजका तिब्रगतिका बलर अल्जारी जोसेफ दुई खेलको निलम्बनमा परेका छन् । इङ्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलका क्रममा अनुशासन विपरितको कार्य गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो ।
इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखला भने वेस्ट इन्डिजले २–१ ले जितेको थियो । तेस्रो खेलका क्रममा २७ वर्षीय दायाँहाते बलरले आफ्ना कप्तान साई होपसँग चर्को विवाद गरेका थिए । बार्बाडोसमा खेलिएको उक्त खेलमा फिल्डिङ पोजिसनको विषयलाई लिएर जोसेफले कप्तानसँग विवाद गरेका थिए ।
खेलका क्रममा उत्कृष्ट बलिङ गर्दै जोसेफले विकेट पनि लिएका थिए । त्यसपछि कप्तान होपसँग उनको विवाद भएको थियो । विवादपछि निकै आक्रोसित देखिएका जोसेफ कसैलाई नभनी मैदान छाडेर ड्रेसिङ रुमतर्फ हिँडेका थिए ।
सोही कारणले वेस्ट इन्डिजले केही समय १० खेलाडीमा सिमित भएर फिल्डिङ गर्नु परेको थियो । सोही कारणले वेस्ट इन्डिज क्रिकेट बोर्डले जोसेफलाई आगामी दुई खेल खेल्न नपाउने गरी निलम्बन गरेको हो । बोर्डले जोसेफको वयवहार अशोभनीय भएको प्रतिक्रिया पनि दिएको छ ।
यद्दपि, जोसेफले आफ्नो अस्वभाविक व्यवहारका लागि सार्वजनिक रुपमै माफी मागिसकेका छन् । ‘म कप्तान साई होप र टोलीका अन्य साथीहरुसँग माफी माग्न चाहन्छु । म समर्थकहरुसँग पनि क्षमा याचना गर्न चाहन्छु । म आफ्नो व्वहारबाट लज्जित पनि छु,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण