शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

सलमानमाथि धम्कीको ओइरो, १५ दिनमा चौथो धम्की

शुक्रबार, २३ कात्तिक २०८१, १३ : ३५
शुक्रबार, २३ कात्तिक २०८१

 नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई फेरि धम्की आएको छ । यो धम्की एउटा गीतलाई लिएर आएको हो । नोभेम्बर ७ को राति मुम्बई पुलिस कन्ट्रोल रुममा उनको नाममा धम्कीपूर्ण सन्देश आएको समाचारमा उल्लेख छ । 

जसअनुसार सन्देश पठाउनेले आफूलाई लरेन्स गिरोहको सदस्य भनेको छ । धम्कीमा एउटा गीत उल्लेख गरिएको छ, जसमा सलमान खान र लरेन्सको नाम जोडिएको छ ।

धम्कीमा लेखिएको– गीतरकारले अब गीत लेख्न पाउने छैनन्। एक महिनाभित्र कारबाही गर्नेछौं । सलमानमा हिम्मत छ भने उसलाई बचाए हुन्छ । यो पछिल्लो १५ दिनमा सलमान खानलाई आएको चौथो धम्की आएको हो । मुम्बई प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ । 

अक्टोबर–नोभेम्बरमा २/२ पटक आएको थियो धम्की

नोभेम्बर ७ः एउटा गीतमा सलमान र लरेन्सको नाम जोडिएर मुम्बई पुलिसलाई धम्कीपूर्ण सन्देश पठाइयो । सन्देशमा गीतकारलाई धम्की दिइएको छ भने हिम्मत भए लेखकलाई बचाउन सलमानलाई चुनौती दिइएको छ ।

नोभेम्बर ४ः मुम्बईको ट्राफिक कन्ट्रोल रुममा पठाइएको सन्देशमा कालो हरिण सिकार मामिलामा सलमान खानलाई बिश्नोई समुदायको मन्दिरमा गएर माफी माग्न वा ५ करोड भारु दिन भनिएको थियो । उनले यसो गरेनन् भने मारिन सक्ने बताइएको थियो । यस मामिलामा प्रहरीले धम्की पठाउने व्यक्तिलाई कर्नाटकबाट पक्राउ गरेको छ आरोपीको नाम विक्रम रहेको बताइएको छ ।

अक्टोबर ३०ः सलमानलाई धम्कीपूर्ण सन्देश पठाएको आरोपमा ५६ वर्षीय आजम मोहम्मद मुस्तफालाई पक्राउ गरिएको थियो । मुम्बईको ट्राफिक कन्ट्रोल रुममा सन्देश पठाइएको थियो । म्यासेजमा २ करोड नदिए सलमानलाई मारिने बताएको थियो ।

अक्टोबर २५ः एनसीपी नेता बाबा सिद्धिकीका छोरा जीशानको कार्यालयमा २ करोड रुपैयाँ मागेर म्यासेज आएको थियो । यो पैसा नदिए सलमान र जिशान दुबैलाई मारिने भनिएको थियो । यस मामिलामा मुम्बई प्रहरीले नोएडाबाट २० वर्षीय मोहम्मद तय्यबलाई समातेको थियो ।

  यतिबेला सलमान खान आफ्नो आगामी फिल्म सिकन्दरको सुटिङमा व्यस्त छन् । ज्यान मार्ने धम्कीबिच अभिनेता फिल्मको सुटिङका ​​लागि हैदरावादको प्रसिद्ध ताज फलकनुमा प्यालेसमा फर्किएका छन् । अभिनेताको सुरक्षालाई ध्यानमा राख्दै सुटिङ स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बाबा सिद्धिकीको हत्यापछि बढाइएको थियो सुरक्षा 

एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्व मन्त्री बाबा सिद्धिकीको १३ अक्टोबरको राती गोली हानेर हत्या गरिएको थियो । यो हत्याको जिम्मेवारी लरेन्स बिश्नोईको ग्याङले लिएको छ । 

त्यसपछि सिद्धिकीका नजिक रहेका सलमान खानको सुरक्षा बढाइएको छ । उनलाई वाई प्लस सुरक्षा दिइएको छ । १४ अप्रिलमा सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा पनि गोली चलेको थियो, त्यसयता सलमान कडा सुरक्षामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप