च्याम्पियन्स ट्रफी खेल्न भारतीय टोली पाकिस्तान नजाने !
काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करण सन् २०२५ मा पाकिस्तानमा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गर्ने महत्त्वपूर्ण प्रतियोगितामध्ये यो पनि एक हो ।
च्याम्पियन्स ट्रफीको आगामी संस्करण खेल्न भारतीय टोली पाकिस्तान भ्रमणमा जान्छ वा जाँदैन भन्ने विषय लामो समयदेखि चर्चामा थियो । भारतीय टोलीले लामो समयदेखि पाकिस्तानी भूमिमा क्रिकेट खेलेको छैन ।
पछिल्लो पटक भारतीय टोली क्रिकेट खेल्न सन् २००८ मा पाकिस्तान गएको थियो । त्यसयता भारतीय टोलीले पाकिस्तानको भ्रमण गरेको छैन । यसको विपरीत पाकिस्तानी क्रिकेट टोलीले भने यसबिचमा धेरै पटक भारतीय भूमिमा क्रिकेट खेलिसकेको छ ।
यसपटक पनि भारतले पाकिस्तान गएर च्याम्पियन्स ट्रफी खेल्नेमा अन्यौल थियो । अहिले आएर भारतीय टोली च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान नजाने समाचार बाहिरिएको छ । भारतीय सञ्चारमाध्यमले च्याम्पियन्स ट्रफीको आफ्नो खेल ‘न्यूट्रल भेन्यू’ मा खेल्ने दाबी गरेका छन् ।
यस विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आफ्नो धारणा आईसीसीलाई समेत जानकारी गराइसकेको दाबी समाचारमा गरिएको छ । यद्यपि, बीसीसीआई वा आईसीसीले भने आधिकारीक रुपमा यस विषयमा केही बताएका छैनन् ।
समाचारमा जनाइए अनुसार, भारतले च्याम्पियन्स ट्रफीअन्तर्गतको आफ्नो खेल दुबईमा खेल्ने सम्भावना बढी छ । बीसीसीआईले सुरक्षाको कारण देखाउँदै पाकिस्तानमा च्याम्पियन्स लिग नखेल्ने निर्णय लिएको बताइएको छ ।
इन्डियन एक्सप्रेसले पनि भारतीय टोली च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान भ्रमणमा नजाने समाचार प्रकाशित गरेको छ । यो विषयलाई लिएर केही समयअघि बीसीसीआई र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)बिच पनि छलफल भएको थियो ।
भारतका विदेशमन्त्री एस. जयशंकर केही समयअघि पाकिस्तान भ्रमणमा गएका थिए । भारतीय विदेशमन्त्रीको त्यो भ्रमणपछि भारतीय क्रिकेट टोली च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जाने अनुमान गरिएको थियो । पीसीबीले पनि भारतीय टोली पाकिस्तान भ्रमणमा आउने विश्वास व्यक्त गरेको थियो ।
तर, अहिले आएर भारतीय टोली पाकिस्तान भ्रमणमा नजाने समाचार बाहिरिएको हो । यसअघि एसिया कप पनि पाकिस्तानमै आयोजना भएको थियो । तर, भारतीय टोली एसिया कप खेल्न पाकिस्तान भ्रमणमा गएको थिएन । भारतले आफ्नो खेल श्रीलंकामा खेलेको थियो । तर, पाकिस्तानी टोली भने आईसीसी एकदिवसीय विश्वकप खेल्न भारत भ्रमणमा गएको थियो ।
च्याम्पियन्स ट्रफीको नवौँ संस्करण सन् २०२५ को फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदैछ । प्रतियोगितामा आयोजक पाकिस्तान, भारत, बंगलादेश, न्युजिल्यान्ड, अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान गरी आठ टोलीको सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
१२ बुँदे सहमति जस्तै शिक्षाको सुधारका लागि १२ बुँदे सहमति गर्नुपर्छ: सुमना श्रेष्ठ
-
इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्छः भट्टराई
-
इजरायली जनतालाई माधव नेपालको आग्रहः देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्नुस्
-
रवि माथिको प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न सरकारलाई प्रचण्डको चेतावनी
-
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो