मेची भन्सार कार्यालय : १० वर्षमा ६६ करोडको सामग्री बरामद

भद्रपुर । मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको रु ६६ करोड १३ लाख आठ हजार आठ सय २५ बराबरको मालवस्तु बरामद गरेको छ । उक्त मूल्य बराबर मालवस्तु आव २०७१/७२ देखि आव २०८०/८१ सम्मको बरामद भएको हो ।
भन्सार कार्यालयका अनुसार चोरी पैठारी हुने मुख्य मालवस्तुमा रेडिमेड कपडाअन्तर्गत सारी, कुर्ती थान कपडासमेत गरी भाडा वर्तन, किराना सामग्री, मोबाइल, सुर्ती/खैनी रहेका छन् । निकासीतर्फ गाई, बाछा, बाख्रा, सुपारी रहेका छन् । यसरी बिल बिजक नभएका निकासी पैठारी भएका मालवस्तु नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयले बरामद गरेको कार्यालयका नायब सुब्बा किशोर आचार्यले बताए ।
“यसरी चोरी निकासी र पैठारी भएको मालवस्तुसँग सम्बन्धित गत एक दशकको समयमा पाँच हजार एक सय ८३ वटा भन्सार कार्यालयमा मुद्दा दर्ता भएका छन्”, उनले भने । प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार तिहारको समयमा भन्सारबाट प्लास्टिकका माला तथा फूल ल्याउन पूर्ण रुपमा प्रतिबन्ध लगाए पनि बजारमा सबैतिर उपलब्ध थिए ।
“भन्सारबाट एउटा प्लास्टिकको माला पनि नआउँदा बजारमा कहाँबाट त्यति ठूलो परिणाममा माला आयो यो सबै अवैध रुपमा पैठारी भएको हो”, उनले भने । भारतसँगको खुला सीमाका कारण दैनिक रुपमा मालवस्तु अवैध रुपमा निकासी पैठारी हुने गरेको प्रमुख भन्सार अधिकृत चुडालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अढाई दशकपछि नक्सालको हिटीमा फर्किएकाे पानीको प्रवाह (तस्बिरहरू)
-
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल पर्यटकको रोजाइमा
-
सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति