साल्टको तेस्रो शतक र बेथेलको पहिलो अर्धशतसँगै इङ्गल्यान्डले इन्डिजलाई सजिलै हरायो
काठमाडौँ । भ्रमणकारी टोली इङ्गल्यान्डले आइतबार सम्पन्न पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको छ । जितसँगै इङ्गल्यान्डले पाँच टी–२० खेलको शृङ्खलामा १–० को अग्रता पनि हासिल गरेको छ ।
ब्रिजटाउनमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्गल्यान्डले भने १६.५ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
इङ्ल्यान्डको जितमा ओपनर फिल साल्टले शतकीय योगदान गरे । विकेटकिपर ब्याट्सम्यान साल्टले अविजित एक सय तीन रन बनाए । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ५४ बलको सामना गरी ६ छक्का र नौ चौका पनि प्रहार गरे ।
२८ वर्षीय साल्टले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो तेस्रो शतक हो । इङ्ल्यान्डका लागि चौथो नम्बरका ब्याट्सम्यान ज्याकब बेथेलले पनि अर्धशतकीय पाली खेले । उनले टोलीको खातामा अविजित ५८ रन थपे ।
बेथेलले केवल ३६ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए । २१ वर्षीय बेथेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पहिलो अर्धशतक हो । इङ्गल्यान्डले ७६ रनको कुल स्कोरमा आफ्नो दोस्रो विकेट गुमाएको थियो । त्यसपछि साल्ट र बेथेलले टोलीलाई जितसम्म पु¥याएका थिए ।
ओपनर विल ज्याक्स १७ रनमा आउट भएका थिए । कप्तान जस बटलरले भने खातासम्म खोल्न सकेनन । घरेलु टोलीका बलर गुडाकेश मोटी र रोमारियो शेफर्डले एक–एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको क्यारेबियन टोलीका लागि निकोलस पुरनले सर्वाधिक ३८ रन बनाएका थिए ।
रोमारियो शेफर्डले अविजित ३५ र गुडाकेश मोटीले ३३ रन जोडेका थिए । अनुभवी खेलाडी आन्द्रे रसेलले पनि ३० रन बनाएका थिए । कप्तान रोभमन पोवेल १८ र ओपनर एभिन लेविस १३ रनमा पेभेलियन फर्किएका थिए ।
इङ्ल्यान्डका बलर सकिब महमुदले चार विकेट लिए । उनले चार ओभरमा ३४ रन खर्चिए । आदिल रसिदले पनि तीन विकेट हात पारे । उनले चार ओभरमा ३२ रन खर्चिए । इङ्ल्यान्डका फिल साल्ट प्लेयर अफ दि म्याच घोषित भए ।
इङ्ल्यान्ड र वेस्ट इन्डिजबिचको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल सोमबार ब्रिजटाउनमै खेलिने छ । यसअघि खेलिएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिज २–१ ले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण