ईश्वर पोखरेलको नेतृत्वमा एमालेका १५ नेता चीन जाने (सूची)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि एमालेका नेताहरू चीन भ्रमणमा जाने भएका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एमाले नेताहरूको १५ सदस्यीय टोली दश दिने चीन भ्रमणमा जान लागेको हो ।
पोखरेल नेतृत्वको टोली कात्तिक २६ गते चीन प्रस्थान गर्नेछ । टोलीमा पोखरेलबाहेक एमाले सचिव समेत रहेका नेता लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्यहरू शान्ति ढकाल, सरिता भुसाल, टङ्कप्रसाद बराल रहेका छन् ।
त्यस्तै नेताहरू राजकुमार भण्डारी, मुहम्मद कैस, दीपक ज्ञवाली, रोशनी मेचे, पूजन न्यौपाने, आशिस जोशी रेग्मी, सम्झना देवकोटा, सानुराजा पोखरेल र दीपेन्द्र श्रेष्ठ पनि भ्रमणमा जाने भएका छन्
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा चीन जान लागेका नेताहरूले बेइजिङ लगायतका प्रान्तको भ्रमण गर्नेछन् । ‘प्रधानमन्त्रीको भ्रमण भन्दा पहिले नै अन्य नेताको भ्रमण तय भएको हो । त्यसैले प्रधानमन्त्रीको भ्रमणसँग यो भ्रमणको कुनै सम्बन्ध छैन’, पोखरेल नेतृत्वको टोलीमा रहेका एक नेताले भने, ‘प्रधानमन्त्री चीन जानुअघि हामी फर्किसकेका हुन्छौ ।’ पोखरेल नेतृत्वको टोली मङ्सिर १० गते स्वदेश फर्कनेछ ।
यसैबिच एमाले सचिव रघुवीर महासेठको नेतृत्वको एक टोली नोभेम्बरको अन्तिम साता कम्बोडिया जाने भएको छ । महासेठ नेतृत्वको टोली आइक्यापको सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण