उदयपुरमा कांग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारको टुङ्गो

उदयपुर । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि जिल्लाका स्थानीय तहमा रिक्त पदका लागि नेपाली कांग्रेस र माओवोदी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएका छन् ।
त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ को रिक्त वडाअध्यक्ष पदका लागि कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको हो । कांग्रेसले त्रियुगा–१२ को वडाध्यक्षमा सञ्जीव काफ्लेको नाम सिफारिस गरेको कांग्रेस त्रियुगा नगरपालिकाका सभापति प्रकाश खड्काले जानकारी दिए ।
यस्तै, बेलका–९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेतलाई उम्मेदवार उठाउने निर्णय गरेको निर्वाचन क्षेत्र नं १ का पार्टी सभापति खगेन्द्र राईले बताए ।
यसैगरी माओवादी केन्द्रले त्रियुगा–१२ को वडाध्यक्षमा नवीन वान्तावा राईलाई तथा बेलका–९ को वडाध्यक्षमा भरत घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र उदयपुरले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भने उम्मेदवार तय केही दिनभित्र गर्ने एमाले उदयपुरका सचिव टेकबहादुर राउतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?