कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु
सोमबार, २६ कात्तिक २०८१, २१ : ३३
कैलाली । कुटपिट घटनामा घाइते भएका कैलालीको गौरीगङ्गा नगरपालिका–११ का ३० वर्षीय सुरेश भुलको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार कुटपिटबाट घाइते भुलको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।
कुटपिटमा संलग्न आरोपमा सोही ठाउँका धर्म विक, विशाल विक, जङ्ग भुल, प्रकाश भुल र रमा रावललाई प्रहरीले पक्राउ गरेको छ । मृतक भुल सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ कैलालीको सदस्य र राष्ट्रिय दलित पत्रकार सङ्घका जिल्ला सहसचिव रहेको जनाइएको छ ।
राष्ट्रिय दलित पत्रकार सङ्घ कैलालीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनामा सङ्लग्न माथि कारबाही गर्न माग गरेको छ । बाख्रा चोरेको आरोपमा भुललाई शनिबार राति सोही ठाउँमा सामूहिक कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण