भीडलाई कारले ठक्कर दिँदा चीनमा कयौँ घाइते
बेइजिङ । चीनको झुहाई सहरमा रंगशालाबाहिर रहेका भीडलाई कारले ठक्कर दिँदा कयौँ मानिस घाइते भएका छन् । घटना सोमबार साँझको भएको भन्दै बीबीसीले समाचार छापेको छ ।
प्रहरीले घटनास्थलबाट ६२ वर्षका फान थर गरेका एक पुरुष चालकलाई पक्राउ गरेका छन् । यस घटनामा कम्तीमा २० जना घाइते भएको भन्दै स्थानीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
घाइतेहरूलाई नजिकैको अस्पताल लगिएको छ । झुहाईले नागरिक र सैन्य एयर सोको आयोजना गर्दैछ । यसैबिच सहरमा उच्च सुरक्षा हुँदा हुँदै यो घटना भएको छ ।
घटनाको भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका थिए । केही भिडियो हटाइसकेको भए पनि केही अझै अनलाइनमा छन् । फुटेज हेर्दा केही घाइते अचेत देखिएको बीबीसीले आफ्नो समाचारमा भनेको छ ।
घटनाको समयमा रंगशालामा कम्तीमा ६ वटा समूह उपस्थित रहेको एक प्रत्यक्षदर्शीले भनेका छन् । उनीहरू रंगशालालाई घुम्न निर्धारण गरिएको बाटोमा हिँडिरहेका थिए ।
तेस्रो पटक रंगशालाको चक्कर लगाएर सकिँदा अचानक तीव्र गतिमा कार आएर कयौँ मान्छेलाई ठक्कर दिएको ती प्रत्यक्षदर्शीले बताए । घाइते हुनेमा वृद्धवृद्धा, किशोर–किशोरी र बालबालिकाहरू समेत रहेको बताइएको छ । यो घटना झुहाई एयर सोसँग सम्बन्धित हो कि होइन भन्ने स्पष्ट हुन सकेको छैन । मंगलबारदेखि घटनास्थलभन्दा ४० किमि पर यो सो सुरु हुँदैछ । पछिल्लो समय चीनमा यस्ता दुर्घटना र चक्कु प्रहारका घटनाहरू बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण