भीडलाई कारले ठक्कर दिँदा चीनमा कयौँ घाइते

बेइजिङ । चीनको झुहाई सहरमा रंगशालाबाहिर रहेका भीडलाई कारले ठक्कर दिँदा कयौँ मानिस घाइते भएका छन् । घटना सोमबार साँझको भएको भन्दै बीबीसीले समाचार छापेको छ ।
प्रहरीले घटनास्थलबाट ६२ वर्षका फान थर गरेका एक पुरुष चालकलाई पक्राउ गरेका छन् । यस घटनामा कम्तीमा २० जना घाइते भएको भन्दै स्थानीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
घाइतेहरूलाई नजिकैको अस्पताल लगिएको छ । झुहाईले नागरिक र सैन्य एयर सोको आयोजना गर्दैछ । यसैबिच सहरमा उच्च सुरक्षा हुँदा हुँदै यो घटना भएको छ ।
घटनाको भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका थिए । केही भिडियो हटाइसकेको भए पनि केही अझै अनलाइनमा छन् । फुटेज हेर्दा केही घाइते अचेत देखिएको बीबीसीले आफ्नो समाचारमा भनेको छ ।
घटनाको समयमा रंगशालामा कम्तीमा ६ वटा समूह उपस्थित रहेको एक प्रत्यक्षदर्शीले भनेका छन् । उनीहरू रंगशालालाई घुम्न निर्धारण गरिएको बाटोमा हिँडिरहेका थिए ।
तेस्रो पटक रंगशालाको चक्कर लगाएर सकिँदा अचानक तीव्र गतिमा कार आएर कयौँ मान्छेलाई ठक्कर दिएको ती प्रत्यक्षदर्शीले बताए । घाइते हुनेमा वृद्धवृद्धा, किशोर–किशोरी र बालबालिकाहरू समेत रहेको बताइएको छ । यो घटना झुहाई एयर सोसँग सम्बन्धित हो कि होइन भन्ने स्पष्ट हुन सकेको छैन । मंगलबारदेखि घटनास्थलभन्दा ४० किमि पर यो सो सुरु हुँदैछ । पछिल्लो समय चीनमा यस्ता दुर्घटना र चक्कु प्रहारका घटनाहरू बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी गएका किशोरको डुबेर मृत्यु
-
मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत, डा. खगेन्द्र सुवेदी सचिवमा बढुवा
-
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव वैद्य अस्पतालबाट डिस्चार्ज
-
फिल्म र भिडियोमा सुर्तीजन्य पदार्थकाे प्रचार रोक्नुपर्नेमा जाेड
-
सन्दीपको शानदार बलिङ, नेपालसामु १ सय ५३ रनको लक्ष्य
-
प्रदर्शनकारीलाई एकीकृत हुन आह्वान गरी आफू रेष्टुरेन्टको सटर लगाएर लुकेका थिए धवल शमशेर