बागमतीमा सचिव अभाव भएपछि निमित्त दिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशमा सचिव अभाव भएपछि निमित्त जिम्मेवारी दिने निर्णय गरेको छ ।
प्रदेशमा रिक्त रहेका सचिव पदहरूमा राजपत्राङ्कित प्रथम श्रेणिका अधिकृतहरूलाई निमित्त जिम्मेवारीमा खटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार प्रदेशमा ७ जना सचिवहरू रिक्त रहेको छ ।
प्रदेशमा सचिव अभाव हुँदा मन्त्रिपरिषद् बैठक बस्न नै कठिन भएपछि युवा तथा खेलकुद मन्त्रालयका सचिव रुद्र लामिछानेलाई प्रशासन तथा बैठक महाशाखाको जिम्मेवारी तोकेको छ । उनलाई एक दिनका लागि उक्त जिम्मेवारी तोकिएको मन्त्री लामिछानेले बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दरबन्दी अनुसार ३ जनाको सचिव रिक्त भएपछि बैठकले लामिछानेलाई थप जिम्मेवारी दिइएको हो ।
बैठकले स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको अनिवार्य अवकाश स्वीकृत गरेको छ । बैठकले प्रदेश सरकारको ७ वर्षे अवधिको आर्थिक अवस्था तथा योजना कार्यान्वयनको अध्ययन गर्न कार्यदल बनाउने निर्णय गरेको उनले बताए । सो कार्य दलले ४ महिना भित्र प्रतिवेदन पेस गर्नेगरी स्वीकृति प्रदान गरिएको मन्त्री लामिछानेले बताए ।
बैठकले सवारी साधन खरिद सम्बन्धी मापदण्ड संशोधन गर्ने निर्णय गरेको उनले बताए । बैठकले प्रदेश सरकारको सार्वजनिक खर्च मापदण्ड समेत संशोधन गरेको छ ।
बैठकले कोप–२९ मा प्रदेश सरकारको तर्फबाट सहभागी भएका वन तथा वातावरण मन्त्रालयका सचिवको भ्रमणलाई स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण