आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय

बङ्गलादेश प्रिमियर लिग खेल्ने विदेशी खेलाडीले पारिश्रमिक नपाएको गुनासो

मङ्गलबार, २७ कात्तिक २०८१, १५ : १७
मङ्गलबार, २७ कात्तिक २०८१

काठमाडौँ । अघिल्लो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा सहभागी भएका विदेशी खेलाडीहरूले अझसम्म आफ्नो पारिश्रमिक पाउन सकेका छैनन् । सहभागी विदेशी खेलाडीले पटक–पटक आयोजकसँग माग गर्दा पनि पारिश्रमिक पाउन नसकेको गुनासो गर्दै आएका छन् ।

बीपीएलको आयोजकबाट आफ्नो गुनासो सम्बोधन नभएपछि विदेशी खेलाडीहरूले वर्ल्ड क्रिकेट एसोसिएसनमा पनि उजुरी दर्ता गराएका छन् । सोही उजुरीका आधारमा एसोसिएसनले बीपीएलको आयोजकलाई यसका जानकारी गराएको छ ।

एसोसिएसनले बीपीएलको आयोजकलाई औपचारिक रूपमै पत्र पठाउँदै तत्काल विदेशी खेलाडीहरूको पारिश्रमिक सम्बन्धी समस्या समाधान गर्न आग्रह गरेको छ । वर्ल्ड क्रिकेट एसोसिएसन खेलाडीहरूको हक–हितमा सक्रिय संस्था हो ।

समाचारमा जनाइए अनुसार, अघिल्लो संस्करणको बीपीएलमा सहभागी भएका अधिकांश विदेशी खेलाडीले आफ्नो पारिश्रमिक पाएका छेनन् । केही विदेशी खेलाडीलाई भने आंशिक रुपमा मात्र पारिश्रमिक उपलब्ध गराइएको छ ।

‘अघिल्लो संस्करणको बीपीएलमा सहभागी भएका अधिकांश विदेशी खेलाडीले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । केही खेलाडीलाई भने आंशिक रुपमा पारिश्रमिक उपलब्ध गराइएको छ । यो समस्या समाधान गर्न हामीले आयोजकसँग आग्रह गरेका छौँ,’ एसोसिएसनका प्रमुख कार्यकारी टम मोफटले भनेका छन् ।

समाचारमा जनाइए अनुसार, अघिल्लो संस्करणको बीपीएल खेलेका १५ जना खेलाडीले एसोसिएसनमा पारिश्रमिक नपाएको गुनासो गरेका छन् । बीपीएलको आयोजकले विदेशी खेलाडीहरूलाई दुई लाख ५० हजार अमेरिकी डलर पारिश्रमिक उपलब्ध गराउन बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?