कञ्चनपुरमा स्कुल बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु
मङ्गलबार, २७ कात्तिक २०८१, १७ : ४७
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा स्कुल बसले ठक्कर दिएको बालकको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–५ घर भएका ८ वर्षीय अनमोल कुँवरको उपचारको क्रममा मृत्यु भएको कञ्चनपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । सोमबार उनलाई बसले ठक्कर दिएको थियो ।
भारतको लखनउस्थित ईभिए अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अनमोललाई ठक्कर दिने डायमण्ड बोर्डिङ स्कुलको ना.३ ख ८१४६ नम्बरको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस चालक ५२ वर्षीय धन बहादुर विष्टलाई पक्राउ गरिएको एसपी जोशीले जानकारी दिए । अनमोल डायमण्ड स्कुलमै अध्ययनरत थिए ।
बालकको मृत्युपछि उनका आफन्तले स्कुल अगाडी प्रदर्शन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण