चीनमा कारले भीडलाई कुल्चिँदा कम्तीमा ३५ जनाको मृत्यु
बेइजिङ । चीनको झुहाई सहरमा एउटा कारले रंगशालाबाहिर कसरत गरिरहेका मानिसहरूको भीडलाई कुचेको छ ।
यस दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । अरू ४३ जना घाइते भएको बताइएको छ ।
एक जना ६२ वर्षीय पुरुषले आफूले हाँकिरहेको एसयूभी झुहाईको खेलकुद केन्द्रमा ठोक्काएका थिए । अधिकारीहरूले यसलाई गम्भीर आक्रमण भनेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइते हुनेमा ठुलो संख्यामा वृद्ध, युवा र बालबालिका रहेका छन् । कार चलाउने व्यक्तिले भाग्ने प्रयास गरे पनि प्रहरीले उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो ।
अचम्मको कुरा के छ भने सोही सहरमा हुन लागेको ठुलो नागरिक तथा सैनिक एयर शोका लागि रहेको कडा सुरक्षा घेराबिच यो दुर्घटना भएको हो । प्रारम्भिक अनुसन्धानबाट अभियुक्त सम्बन्ध विच्छेदपछि सम्पत्तिको छिनोफानोको कुराले बेखुस थिए । यही कारण उनले मानिसहरूमा कार चलाएको आशंका गरिएको छ । घटनापछि आफैँले आफैँलाई चोट पुर्याएकोले अभियुक्त कोमामा रहेको र प्रहरीले उनीसँग सोधपुछ गर्न नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण