चीनमा कारले भीडलाई कुल्चिँदा कम्तीमा ३५ जनाको मृत्यु

बेइजिङ । चीनको झुहाई सहरमा एउटा कारले रंगशालाबाहिर कसरत गरिरहेका मानिसहरूको भीडलाई कुचेको छ ।
यस दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । अरू ४३ जना घाइते भएको बताइएको छ ।
एक जना ६२ वर्षीय पुरुषले आफूले हाँकिरहेको एसयूभी झुहाईको खेलकुद केन्द्रमा ठोक्काएका थिए । अधिकारीहरूले यसलाई गम्भीर आक्रमण भनेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइते हुनेमा ठुलो संख्यामा वृद्ध, युवा र बालबालिका रहेका छन् । कार चलाउने व्यक्तिले भाग्ने प्रयास गरे पनि प्रहरीले उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो ।
अचम्मको कुरा के छ भने सोही सहरमा हुन लागेको ठुलो नागरिक तथा सैनिक एयर शोका लागि रहेको कडा सुरक्षा घेराबिच यो दुर्घटना भएको हो । प्रारम्भिक अनुसन्धानबाट अभियुक्त सम्बन्ध विच्छेदपछि सम्पत्तिको छिनोफानोको कुराले बेखुस थिए । यही कारण उनले मानिसहरूमा कार चलाएको आशंका गरिएको छ । घटनापछि आफैँले आफैँलाई चोट पुर्याएकोले अभियुक्त कोमामा रहेको र प्रहरीले उनीसँग सोधपुछ गर्न नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८४ प्रतिशत पुरुषहरू यौन सम्बन्ध राखे पनि सन्तुष्ट छैनन् : अध्ययन
-
राक्सिराङबाट २ थान पेस्तोल र गोलीसहित एक जना पक्राउ
-
सदनभित्र पलेँटी कसेर बसे रास्वपाका सांसद्, तस्बिरमा हेर्नुहोस्
-
सम्पर्कविहीन बनेका डाक्टरको चाबहिल क्षेत्रमा खोजी गरिँदै
-
राप्रपाको बहिस्कार र रास्वपाको बेल घेराउका बिच संसद् चलाइयो, तस्बिरहरू
-
इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा ५ जनाको मृत्यु