माओवादीद्वारा समानान्तर कमिटीलाई अवैध घोषणा
काठमाडौँ । नेकपा माओवादी केन्द्रले केही स्थानमा समानान्तर कमिटी बनेपछि यस सम्बन्धमा आवश्यक निर्णय गरेको छ ।
माओवादीले सप्तरी जिल्ला लगायत कतिपय स्थानहरूमा पार्टीको आधिकारिक कमिटीको निर्णय विपरीत समानान्तर ढङ्गले कमिटीहरू गठन गरेको रिपोर्ट प्राप्त भएको भन्दै त्यस प्रकारका सम्पूर्ण कमिटीहरूलाई अवैध घोषित गरेको हो ।
माओवादीले सबै नेता कार्यकर्तालाई आधिकारिक कमिटीहरूको मातहतमा रही पार्टी काममा लाग्न निर्देशन समेत दिएको छ ।
यस्तै माओवादीले कात्तिक २६ गतेको निर्णयअनुसार विधानतः कार्य अवधि पुगेका स्थानीय पालिकाहरूको सम्मेलन मङ्सिर महिनाभित्र सम्पन्न गरिसक्न निर्देशन समेत दिएको छ ।
यस्तै उपनिर्वाचन भइरहेका स्थानीय पालिकाहरूको सन्दर्भमा उपनिर्वाचन सम्पन्न भइसकेपछि सम्मेलनको तयारी गर्न पनि निर्देशन दिएको एक नेताले जानकारी दिए ।
स्थानीय पालिकाहरूको सम्मेलनको उद्घाटन सत्रको सन्दर्भमा व्यापक जनपरिचालन तथा जनसहभागिता गराई सरकारले गरिरहेको बेथितिहरूका विरुद्ध खबरदारी सभाको रूपमा कार्यक्रमहरूको आयोजना गर्न समेत पार्टीले निर्देशन दिएको ती नेताको भनाइ छ ।
स्थानीय पालिकाको सम्मेलन भइसकेको र तत्काल सम्मेलन हुन नसक्ने स्थिति रहेका पालिकाहरूमा व्यापक जनपरिचालन तथा जनसहभागिता गरी खबरदारी सभाहरूको आयोजना गर्न पनि पार्टीले निर्देशन दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
-
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
-
मदिरा खाएका कर्मचारीले एक्स–रे गरेः निकाल्नुपर्ने कुइनोको, निकालिदिए खुट्टाको
-
अस्पताल भवन निर्माण अलपत्र
-
भीएआरका ५ गडबडी : इरानको गोल रद्ददेखि घानाको पेनाल्टीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण