उपनिर्वाचनमा तालमेल गर्न माओवादीले दियो स्थानीय कमिटीलाई नै अख्तियारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचनमा सत्तारुढ बाहेकका कुनै दलहरूसँग तालमेल गर्नुपर्ने भएमा स्थानीय कमिटीले नै निर्णय गर्न सक्नेगरी अख्तियारी दिएको छ ।
कार्तिक २६ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी) को बैठकले निर्णय गरेर स्थानीय कमिटीलाई नै अख्तियारी दिएको एक नेताले रातोपाटीलाई बताए ।
‘कतिपय स्थानीय तहहरूमा अन्य समाजवादी, बाम–देशभक्त तथा प्रतिपक्ष घटकहरूसँग सहकार्य गर्नुपर्ने स्थिति पैदा भएमा स्थानीय पार्टी कमिटीले नै निर्णय गर्न सक्नेगरी अख्तियारी दिइएको छ’, ती नेताले भने । उपनिर्वाचनको तयारीमा जुट्न र निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन सम्पूर्ण पार्टी पङ्क्ति परिचालित गर्नेगरी निर्णय भएको पनि उनको भनाइ छ ।
उनले तालमेलको अधिकार स्थानीय कमिटीलाई दिइएको भएपनि एकल रूपमा विजय प्राप्त गर्नमा नै पार्टीको पहिलो जोड हुने बताए ।
उनका अनुसार पार्टीका पदाधिकारीहरू पनि आवश्यकता अनुसार उपनिर्वाचनका प्रचार कार्यक्रमहरूमा सहभागी हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण