रामवीर मानन्धरको कारबाही फुकुवा
बुधबार, २८ कात्तिक २०८१, १४ : १३
काठमाडौँ । नेकपा एमालेले रामवीर मानन्धरको कारबाही फुकुवा गरेको छ । कारबाही फुकुवा भएसँगै मानन्धर एमालेको जिम्मेवारीमा फर्केका छन् ।
‘उहाँको निलम्बन फुकुवा भयो । निलम्बन फुकुवासँगै पार्टी काममा फर्कनु भएको छ’, नेकपा एमाले काठमाडौँका इन्चार्ज आनन्द पोखरेलले भने, ‘उहाँ पार्टी जिम्मेवारी लिएर काममा लागिसक्नुभएको छ ।’
गत संसदीय निर्वाचनमा एमालेले टिकट नदिएपछि मानन्धरले घण्टाघर चुनाव चिन्ह लिएर निर्वाचन लडेका थिए । त्यसपछि एमालेले उनलाई कारबाही गरेको थियो ।
मानन्धर २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण