कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चर्चा देशमा मात्र होइन विदेशमा पनि हुन्छ : ओली
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चर्चा देशभित्र मात्रै नभई विदेशमा समेत हुने गरेको बताएका छन् । बुधवार प्रतिष्ठानको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले प्रतिष्ठानलाई थप प्रभावकारी रूपमा अगाडि बढाइने बताए ।
‘यसको महत्त्व धेरै छ, अहिले विदेशमा समेत यसको चर्चा हुने गरेको छ,’ ओलीले भने, ‘कर्णाली अगाडि बढ्दै छ । कर्णालीवासीले घरमै सेवा पाउनुभएको छ ।’
साथै उनले प्रतिष्ठानलाई आवश्यक पर्ने गुणस्तरीय सेवा, सुविधाहरू दिन सरकार प्रतिबद्ध रहेको बताए । दीक्षान्त समारोहमा ५८ जना विद्यार्थी दीक्षित भएका छन् भने प्रतिष्ठानको नयाँ भवनको उद्घाटन गरिएको छ ।
यस्तै जुम्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद ज्ञानेन्द्र शाहीले सोही अवसरमा प्रधानमन्त्री ओलीलाई कर्णालीको विकासबारे १० बुँदे माग पत्र बुझाएका छन्। समारोहमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा योग दिवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम
-
जेठमा कोशीको बजेट खर्च १ अर्ब ५४ करोड, आम्दानी ४ लाख !
-
शिक्षा तथा खेलकुदमन्त्री पोखरेल सुर्खेतमा : रङ्गशालादेखि विश्वविद्यालयको अनुगमन
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण