आईसीसी वरीयताको पहिलो स्थानमा उक्लिए पाकिस्तानी बलर साहिन शाह अफरिदी
बुधबार, २८ कात्तिक २०८१, १६ : १७
काठमाडौँ । हालै घरेलु टोली अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय शृंखलामा उत्कृष्ट बलिङ गरेका पाकिस्तानी बलर साहिन शाह अफरिदी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो एकदिवसीय बलिङ वरीयताको पहिलो स्थानमा उक्लिएका छन् ।
बायाँहाते तिब्रगतिका बलर अफरिदीले हालै अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यो शृंखलामा पाकिस्तान २–१ ले विजयी भएको थियो । पछिल्लो एकदिवसीय बलिङ वरीयतामा अफरिदी तीन स्थान माथि उक्लिएर पहिलो स्थानमा पुगेका हुन् ।
एकदिवसीय बलिङ वरीयतामा अफगानिस्तानका राशिद खान दोस्रो स्थानमा छन् । अफरिदीको रेटिङ अंक ६ सय ९६ पुगेको छ । उनका लागि यो हालसम्मकै उत्कृष्ट रेटिङ हो । दोस्रो स्थानमा रहेका राशिद खानको रेटिङ अंक भने ६ सय ८७ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण